रामकुमारीलाई छाड्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट

काठमाण्डु टुडे २०७७ माघ २९ गते १८:०७ मा प्रकाशित

काठमाण्डु, २९ माघ– राष्ट्रपतिविरुद्ध बोलेको आरोपमा पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

अधिवक्ता गुणराज आचार्यले झाँक्रीलाई अदालतमा उपस्थित गराउन माग गर्र्दै बिहीबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । सर्वोच्चले आइतबारका लागि पेसी तोकेको छ । रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, अपराध महाशाखालाई विपक्षी बनाइएको छ ।

रिट निवेदकले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्दा झाँक्रीलाई पक्राउ गरिएको जिकिर गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us