महाकाली नदी थुनियो, जतिसुकै बेला फुट्ने खतरा

काठमाण्डु टुडे २०७७ माघ २० गते २२:२९ मा प्रकाशित

दार्चुला, २० माघ– पहिरोका कारण महाकाली नदी थुनिएको छ ।

दार्चुलाको माल्पामा मंगलबार गएको पहिरोका कारण महाकाली नदी थुनिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रशासनले थुनिएर जम्मा भएको पानी जतिसुकै बेला फुट्न सक्ने भएकाले नदी नजिक बस्ती भएका र सो क्षेत्रमा काम गर्ने सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us