केपी ओलीको नाममा चन्दा अभियान चलाउँदै मन्त्री !

काठमाण्डु टुडे २०७७ माघ १९ गते १३:२३ मा प्रकाशित

काठमाण्डु, १९ माघ– प्रधानमन्त्री केपी ओली सहभागी हुने कार्यक्रममा नाममा मन्त्रीले चन्दा मागेका छन् ।

सोमबार सिरहाको लहानमा ओली सहभागी हुने कार्यक्रमका लागि कानूनमन्त्री लीलानाथ श्रेष्ठले चन्दा उठाएका हुन् । ओली स्वर्गीय हेमनारायण यादवको १७औं स्मृति सभामा सहभागी हुने कार्यक्रम छ । नेकपा ओली समूहका सिरहा इन्चार्ज श्रेष्ठले सरकारी कार्यालयहरुमा चन्दा माग गर्दैै पत्राचार गरेका छन् ।

हरेक कार्यालय प्रमुखलाई ५० हजार चन्दा दिन मन्त्रीको हस्ताक्षरसहितको पत्र बोकेर आएका कार्यकर्ताले दबाब दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us