सेयर बजारमा उछाल, अधिकांश कम्पनीको मूल्य उकालो

काठमाण्डु टुडे २०७७ माघ १९ गते ११:४९ मा प्रकाशित

काठमाण्डु, १९ माघ– साताको दोश्रो दिन सोमबार बजार खुल्ने बित्तिकै सेयर बजा मापक नेप्से परिसूचक ४२ अंकले वृद्धि भएको छ ।
आइतबार निराशाजनक देखिएको बजार सोमबार खुल्नेबित्तिकै हरियाली देखिएको छ । स्टक एक्स्चेन्जमा कारोबार हुने अधिकांश कम्पनीका सेयर मूल्य उकालो लागेको छ ।

बजार खुलेको १५ मिनेटमै नेप्से ४२ अंकभन्दा धेरैले वद्धि भई ३२ करोड रुपैयाँको कारोबार भएको छ । सेञ्चुरी कमर्सियल बैंक र प्रभु लाइफ इन्स्योरेन्सको मूल्य ६ प्रतिशतले बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us