काठमाण्डु, १९ माघ– महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण सेयर (आइपीओ) को बिक्री आगामी २८ माघदेखि खुला भएको छ ।
प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यको ४ लाख कित्ता सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । सर्वसाधारणले कम्तीमा १० देखि बढीमा एक हजार कित्तासम्म सेयर आवेदन दिन सक्नेछन् । उक्त संस्थाको जारी पुँजी १० लाख छ । जसमध्ये ४० प्रतिशतको साधारण सेयर जारी गर्न लागिएको हो ।
जसमध्ये २० हजार कित्ता सामूहिक लगानी कोषका लगानीकर्ता र ५ हजार कित्ता कर्मचारीका लागि छुट्याएर ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि वितरण गरिने लघुबित्तद्वारा सोमबार जारी सूचनामा उल्लेख छ ।