
काठमाण्डु, १८ माघ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधरले सोमबार बिहान ११ बजे केन्द्रीय समिति बैठक बस्ने जानकारी दिए । प्रचण्ड–नेपाल पक्षले नेकपाको साविक ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमध्ये ३ सय बढीको समर्थन आफूहरुलाई रहेको बताउँदै आएको छ ।
निर्वाचन आयोगले केही दिनअघि साविक नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय समिति नै आधिकारिक भन्दै ओली समूहले थप गरेका १ हजार ९९ सदस्य र माधव नेपाललाई अध्यक्ष चयन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय दुवै अस्वीकार गरेको थियो ।
निर्वाचन आयोगले दल दर्ताका लागि प्रक्रियागत रुपमा आउन भनेपछि नेकपाले बैठक बोलाएको हो ।