बिक्रेताहरुको दबाबमा निगमले बढायो कमिसन, उपभोक्तालाई मार

काठमाण्डु टुडे २०७७ माघ १७ गते २२:३६ मा प्रकाशित

काठमाण्डु, १७ माघ– नेपाल आयल निगमले बिक्रेताहरुको दबाबमा पेट्रोलियम पदार्थको कमिसन वृद्धि गरेको छ ।

निगम सञ्चालक समिति बैठकले बिक्रेताको कमिसन वृद्धि गरेको हो । निगमको निर्णयअनुसार बिक्रेताले अब डिजेलमा प्रतिलिटर २१ पैसा (२.६५ प्रतिशत) र पेट्रोलमा १२ पैसा (३ प्रतिशत) कमिसन पाउनेछन् । योसँगै एक ट्याङकरमा २ हजार ४ सय र डिजेलमा ४ हजार २ सय रुपैयाँ कमिसन थपिने छ ।

निगमले थप गरिएको कमिसन रकम उपभोक्ताको मूल्यमा थप हुने जनाएको छ । व्यवसायीले कमिशन नबढाएको विरोधमा पेट्रोलियम पदार्थ बिक्री रोक्ने सहितका आन्दोलन कार्यक्रम घोषणा गरेका थिए । निगमले कमिशन बढाएसँगै व्यवसायीले आइतबारदेखि गर्ने भनिएको आन्दोलन फिर्ता लिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us