चन्द्रागिरीको सेयर बाँडफाँट, कसले कति पाए ?

काठमाण्डु टुडे २०७७ माघ ९ गते १२:०३ मा प्रकाशित

काठमाण्डु, ९ माघ– १ लाख ३९ हजार ६ सय २ जनाले चन्द्रागिरी हिल्स लिमिटेडको १० कित्ताका दरले साधारण सेयर (आइपीओ) हात पारेका छन् ।

शुक्रबार आईपीओ बाँडफाँट गरिएको कम्पनीको सेयर बिक्री तथा निष्काशनको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

चन्द्रागिरीको आईपीओ गत २४ पुसदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओका लागि १२ लाख ११ हजार १ सय १५ जनाको आवेदन स्वीकृत भएको थियो ।

कागजपत्र नमिलेका ४० हजारभन्दा बढी आवेदकको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । यस्तै दुई जनालाई भने ११÷११ कित्ता सेयर परेको छ ।

१० कित्ताका दरले बाँडफाँट गरेर बाँकी रहेको २ कित्ता सेयर गोलाप्रथाबाट २ जनालाई दिइएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us