संसद विघटनविरुद्ध तात्यो काँग्रेस !

काठमाण्डु टुडे २०७७ माघ ९ गते ७:०९ मा प्रकाशित

काठमाण्डु, ९ माघ– नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको छ ।

तर संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र हुँदै स्थानीय तहका केन्द्र र वडातहसम्म आन्दोलन गर्दा पनि पार्टीका बैठकमा जस्तै संसद् विघटनको मुद्दामा नेताहरू आन्दोलन र निर्वाचन भन्नेमा विभाजित मानसिकताबाट अघि बढेको देखिएको छ । यसबीचमा भएका विरोध सभामा पार्टीका संस्थापन पक्ष र इतर पक्षबीच दुई थरी मत देखिएको हो ।

पार्टीको संस्थापन पक्षका नेताहरू आन्दोलन पनि गर्ने र चुनावी तयारी पनि गर्ने भन्ने मानसिकतामा रहेको देखिन्छ ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्दोलनबाट जनतामा उत्साह आएको र पार्टीको सन्देश केन्द्र हुँदै स्थानीय तह र वडा वडासम्म पु¥याउन सफल भएको बताए ।

‘आन्दोलनबाट एउटा ऊर्जा आएको छ । पार्टीको सन्देश केन्द्रबाट प्रदेश हुँदै स्थानीय तह र गाउँगाउँसम्म पुगेको छ ।  यो जनतामा जाने अभियान पनि हो,’ सहमहामन्त्री महतले भने । उनले पार्टीले नेता कार्यकर्ताबाट प्राप्त सुझावका आधारमा आगामी केन्द्रीय समिति बैठकमा जारी आन्दोलनको समीक्षा गर्ने र थप आवश्यक रणनीति बनाउने बताए ।

राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us