आइपीओमा नयाँ रेकर्डः इन्फ्रास्ट्रक्चर बैंकको सेयर भर्नेले ५० कित्ता पाउने

काठमाण्डु टुडे २०७७ माघ ६ गते १९:११ मा प्रकाशित

काठमाण्डु, ६ माघ– नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) का लागि १५ लाख २९ हजार ४ सय ६० जनाले आवेदन दिएका छन् ।
योसँगै प्रत्येक आवेदकले उक्त बैंकको ५० कित्ता हाराहारीमा मात्र सेयर पाउने देखिएको छ ।  शुक्रबारदेखि खुलेको बैंकको साधारण सेयरका लागि अन्तिम दिन मंगलबारसम्म उक्त संख्यामा आवेदन गरेको हो ।

साधारण सेयरका लागि यति धेरै आवेदन परेको इतिहासमै यो पहिलोपटक हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता सेयरका लागि आवेदन खुलाएकामा १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार माग भएको छ ।

कूल सेयरमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डमा जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us