चीनसँगको व्यापार सम्झौता तोड्ने तयारीमा सरकार, मन्त्रीले नै गरे खुलासा

काठमाण्डु टुडे २०७७ माघ ६ गते १८:५९ मा प्रकाशित

काठमाण्डु, ६ माघ– उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भीनसँगको व्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन् ।

नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औं वाषिर्कोत्सवलाई मंगलबार सम्बोधन गर्दै मन्त्री भट्टले चीनले अनेक बहानामा विगत एक वर्षदेखि दुई देशीय व्यापार रोकेकाको बताए । ‘अनेक बहाना बनाएर चीनले एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको छ’, मन्त्री भट्टले भने, ‘चीनसँगको व्यापार सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ ।’

यद्यपि प्रधानमन्त्री केपी ओलीले भने चीनसँगको पारवहन सम्झौता आफ्नो कार्यकालको ठूलो सफलता बताउँदै आएका थिए । मनत्री भट्टले कहिले कोभिड र कहिले के बहानामा चीनले अप्ठेरोमा नेपाललाई धोका दिएकाले त्यसका चौतर्फी नकारात्मक असर देखिएकाले व्यापारबारे सोच्नुपर्ने बेला आएकोबारे प्रधानमन्त्रीसँग समेत कुराकानी गरिसकेको उल्लेख गरे ।

१० महिनासम्म कन्टेर रोक्ने र उल्टै कन्टेर भाडासमेत बढाएर नेपाली व्यापारी चीनले तर्साएको आरोप मन्त्री भट्टले लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us