मेयरका बाबुको निधनमा नगरपालिकामा सार्वजनिक बिदा

काठमाण्डु टुडे २०७७ पुष १६ गते १३:३१ मा प्रकाशित

झापा, १६ पुस– नगरपालिकाका मेयरका बाबुको निधनमा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ ।

जिल्लाको कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलको बाबुको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा दिइएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेद्वारा जारी सूचनामा मेयर पोखरेलका बाबुको निधनको शोकमा नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा एक दिन सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

मेयर पोखरेलका बाब’ गणेशप्रसाद पोखरेलको बुधबार ८७ वर्षको उमेरमा निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us