
काठमाण्डु, १६ पुस– नेकपाको प्रचण्ड–माधव नेपाल समूहले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएको छ ।
पार्टी अनुशासनविपरीत काम गरेको भन्दै राईलाई दल नेताबाट हटाइएको सो पक्षले जनाएको छ । राईविरुद्ध यसअघि नै प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव गर्दा भइसकेको छ । प्रचण्ड–नेपाल समूहको बहुमतले राईलाई हटाएर स्थायी समिति सदस्य भीम आचार्यलाई दल नेता चयन गरेको छ ।
आचार्यलाई नै सो समूहले आफ्नो मुख्यमन्त्री उम्मेदवार बनाउने पनि निर्णय गरेको छ । प्रदेश–१ का नेकपाका कूल ६७ मध्ये ३७ सांसद प्रचण्ड–नेपाल समूहमा देखिएका छन् ।