झलनाथले ओलीलाई सोधेः खोई त पानी जहाज ?, खोई त घरघरमा ग्यास पाइप ?

काठमाण्डु टुडे २०७७ पुष १४ गते १५:२१ मा प्रकाशित

काठमाण्डु, १४ पुस– नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले पार्टीलाई सत्तामा जाने भ¥याङका रुपमा उपयोग मात्र गरेको आरोप लगाएका छन् ।

प्रचण्ड–माधव नेपाल पक्षले ओलीको संसद विघटन गर्ने कदमविरुद्ध राजधानीमा गरेको सभालाई सम्बोधन गर्दै खनालले बालुवाटार पसेकै दिनदेखि ओलीले पार्टी बिर्सिएको टिप्पणी गरे । खनालले मन्त्रिपरिषद गठनदेखि नै एकलौटी गरेका ओलीले हरेक निर्णयमा पार्टीलाई छलेको आरोप लगाए ।

खनालले ओलीले सरकारमा बसेर जनताका पक्षमा काम नगरेको भन्दै आक्रोश पोखे । आफूहरुले सरकारका काम प्रभावकारी नभएकोबारे प्रश्न उठाउँदा चकित पर्ने गरी विकास भएको झुठा विवरण सुनाएको स्मरण खनालले गरे ।

‘उहाँले कहिले पानी जहाजको, कहिले घरघरमा ग्याँस पाइपको कुरा गर्नुभयो’, खनालले प्रश्न गरे, ‘खोइ पानी जहाज ? खोइ घरघरमा ग्याँसको पाइप ?’ खनालले पछिल्लो समय विकास गरेको दाबी गर्दा रानीपोखरी बनाएको उदाहरण दिने गरेको भन्दै उनले ब्यांग्य गरे ।

ओलीले नागेन्द्रप्रसाद रिजाल र मरिचमानसिंह श्रेष्ठले जति पनि काम गर्न नसकेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us