टिकापुर घटनाः रेशम चौधरी र लक्ष्मण थारुसहित ८ जनालाई २० वर्ष कैद

काठमाण्डु टुडे २०७७ पुष ३ गते ८:५० मा प्रकाशित

6Lsfk’/ 36gfsf d’Vo cleo’Qm ePsf] cleof]udf k’k{Ifsf nflu y’gfdf /x]sf /]dz rf}w/Ln] l;+xb/af/ k’u]/ ;f+;b kbsf] ;ky lnPsf 5g . ;efd’v s[i0faxfb’/ dx/fn] rf}w/LnfO{ kb tyf uf]klgotfsf] ;ky v’jfPsf x’g . l8NnLahf/ sf/fuf/af6 k|x/Ln] pgnfO{ l;+xb/af/ NofPsf] lyof] .tl:a/ =Oln6 hf]zL

डोटी, ३ पुस– उच्च अदातल दिपायलले टिकापुर नरसंहारमा दोषी ठहर गर्दै कैलाली–१ बाट निर्वाचित संघीय सांसद रेशम चौधरीलाई जन्मकैदको सजाँय सुनाएको छ ।

न्यायाधीसद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले बिहीबार चाधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको हो । जन्मकैदको फैसला सुनाइएका अन्यमा थरुहट आन्दोलनका नेता लक्ष्मण थारु, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी रहेको उच्च अदालत दिपायलकी रजिष्ट्रार सिता रेग्मीले बताइन् । लक्ष्मण थारुलाई यसअघि कैलाली जिल्ला अदालतले तीन वर्षको कैद सजाँय सुनाएको थियो ।

तर, उक्त अवधि पुर्पक्षमै बिताएकाले अदालतको फैसलालगत्तै उनी रिहा भएका थिए ।  जिल्ला अदालत कैलालीका न्यायाधीश परषुराम भट्टराईको इजलासले २०७५ फागुन २२ गते रेशमसहित १० जनालाई जन्मकैदको फैसला सुनाएको थियो । उक्त फैसलामा असहमति जनाउँदै रेशम चौधरी सहिततले उच्च अदालतमा पुनरावेदनको निवेदन दिएका थिए ।

थारु आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनकारीको आक्रमणमा एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ८ र एक नाबालकको ज्यान गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us