अध्यादेश ल्याउनु प्रधानमन्त्रीको गल्तीः श्रेष्ठ

काठमाण्डु टुडे २०७७ मंसिर ३० गते २१:१४ मा प्रकाशित

काठमाण्डु, ३० मंसिर– नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले अप्रत्याशित रुपमा अध्यादेश ल्याएर गल्ती गरेको बताएका छन् ।

उनले उक्त अध्यादेश फिर्ता लिइनुपर्ने उल्लेख गरे । पार्टी स्थायी समितिको बैठक चलिरहेको र संसद अधिवेशन सुरु हुनै लागेका बेला अध्यादेश ल्याइनु गलत रहेको श्रेष्ठको भनाइ छ । ‘अहिले सत्तारुढ हाम्रो पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको छ र संसदको नियमित अधिवेशन बोलाउने समय नजिक आइसकेको छ’, श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ यस्तो स्थितिमा प्रधानमन्त्रीले अप्रत्यासित ढङ्गबाट अध्यादेश ल्याउनु गलत छ । तसर्थ अध्यादेश तत्काल फिर्ता लिनु पर्दछ ।’

यसअघि सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउँदा नेकपा, प्रमुख प्रतिपक्षी दललगायतका राजनीतिक पार्टी र नागरिक समाजले अलोकतान्त्रिक कदम भन्दै विरोध गरेपछि सरकारले फिर्ता लिएको स्मरण उनले गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us