एक चर्चित र विवादित फुटबलरको अन्त्य

काठमाण्डु टुडे २०७७ मंसिर ११ गते ८:४६ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– विश्र्वप्रसिद्ध फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ ।

अर्जेन्टिनी खेलाडी म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार हृदयघातका कारण निधन भएको हो । म्याराडोना पछिल्लो केही समययता अस्वस्थ थिए । मस्तिष्कसम्बन्धी समस्याबाट पीडित उनको गत महिना मात्र ंशल्यक्रिया गरिएको थियो । म्याराडोना लागूऔषध सेवनका कारण पटकपटक चर्चा र विवादमा आउने गरेका थिए ।

अर्जेन्टिनाले म्याराडोनाकै कप्तानीमा १९८६ को विश्वअकप जितेको थियो । लागुऔषधका कारण म्याराडोना केही लामो समय सुधार गृहमा पनि बसेका थिए । म्याराडोनाले सन् २०१० को विश्वकपको अर्जेन्टिनाका तर्फबाट व्यवस्थापन गरेका थिए । त्यतिबेला अर्जेन्टिनाले विश्वकप जिते सडकमा नाङ्गै हिंड्ने अभिव्यक्तिको सर्वत्र विरोध भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us