हुम्ला, १९ कात्तिक- नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. शाखा कार्यालय हुम्लाले बडादशैंँ तथा तिहारका अवसरमा कर्मचारी, सर्वसाधारण जनता र व्यापारीलाई यस वर्ष सहज तरिकाले खाद्यान्न वितरण गरेको छ । जिल्लामा धेरै वर्षदेखि दशैंँतिहारमा खाद्यान्न अभाव हुने भएकाले कर्मचारी नेपालगञ्ज र सुर्खेतबाट पाँच किलो चामलको पोको र मैदा ल्याउन बाध्य हुन्थे । यस वर्ष भने दशैंँतिहारमा प्रतिकर्मचारीले १५ केजी चामल पाएका छन् ।
कोरोना महामारीले गर्दा गत वर्षदेखि चीनको नाका बन्द भएकाले नेपाल सरकारले हवाईमार्गबाट खाद्यान्न ढुवानी तीव्र गराएपछि खाद्यान्न अभाव कम भएको हो ।-रासस