nepse काठमाण्डु, १२ कात्तिक– बडा दसैंपछिको पहिलो दिन बुधबार नेप्से परिसूचक शेयर बजारमा सकारात्मक उभार देखिएको छ ।
बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेपछि नेप्सेमा सुधार देखिएको हो । दसैंअघि नेप्से १६ सयमाथिको बिन्दुमा पुगेर बन्द भएको थियो । दसैं सकिएपछि पनि नेप्से बढ्ने क्रमले निरन्तरता पाएको छ ।
बुधबार नेप्से परिसूचक दोहोरो अंक बढेर १६४७. ४६ विन्दुमा पुगेको छ । नेप्से सुचक २.५७ प्रतिशत अर्थात ४१.२० अंकले बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । १ सय ८८ कम्पनीको ४२ हजार ६१८ वटा कारोबारमा २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको ९३ लाख २२ हजार ८५ कित्ता शेयर खरिदबिक्री भएका छन् ।
व्यापार समूहबाकेह सबै सूचकमा सुधार देखिएको छ । बुधबार प्राइम कमसिंयल बैंक, नेपाल फाइनान्स र सिटिजन्स बैंकको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।