एक खेलाडीमा देखियो कोरोना

काठमाण्डु टुडे २०७७ साउन ३० गते १३:५७ मा प्रकाशित

काठमाण्डु , ३० साउन — राष्ट्रिय फुटबल टोलीका एक खेलाडीमा कोरोना भाइरस देखिएको छ ।

राष्ट्रिय टोलीका बन्द परीक्षणमा सहभागी हुन आएका ति खेलाडीमा कोरोनाको संक्रमण देखा परेको हो । कतार विश्वकप छनोट, एसियन कप छनोट, प्रशिक्षक , अफिसियल , होस्टलका कर्मचारी तथा खेलाडी गरी जम्मा ५४ जनामा गरिएको परिक्षणमा १ जनामा मात्र कोरोना देखिएको हो भने बाँकीको रिर्पोट भने नेगेटिभ आएको छ ।

खेलाडीहरुको लगनखेल स्थित पाटन अस्पतालमा स्वाब संकलन गरि परीक्षण गरिएको एन्फाले बताएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us