सुनको भाउ घट्ने क्रम जारी ,आज एकै दिन तोलामा आठ सयले घट्यो

काठमाण्डु टुडे २०७७ साउन २७ गते १२:०६ मा प्रकाशित

काठमाण्डु, २७ साउन — केही दिन यता ओरालो लागेको सुनको भाउमा आज पनि ओरालो लाग्ने क्रम जारी रहेको छ ।

आज तोलामा ८ सयले घटेको सुनको भाउ प्रतितोला १ लाख १ हजार ६ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै , तेजावी सुनको मूल्य १ लाख १ हजार १ सय निर्धारण गरिएको छ ।

यसैगरी , चाँदीको मूल्य भने आज बढेको छ । चाँदी आज तोलामा ४० रुपैयाँ बढेर तोलाको १४ सय ३५ रुपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us