हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिज नजिकिदै गर्दा सुनको भाउ घट्ने क्रम जारी

काठमाण्डु टुडे २०७७ साउन २६ गते ११:२९ मा प्रकाशित

 काठमाण्डु , २६ साउन — आज पनि नेपाली बजारमा सुनको भाउ खटेको छ । हिजो प्रतितोला ९ सयले घटेको सुनको मुल्य आज पनि तोलामा २ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपैंयामा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य १ लाख १ हजार ९ सय निर्धारण गरिएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा १५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us