काठमाण्डु , २५ साउन — लामो समय देखि नेपाली बजारमा बढेको सुनको भाउ आज भने तोलामा ९ सयले घटेको छ ।
शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख २ हजार ६ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै ,तेजावी सुनको मूल्य भने १ लाख २ हजार एक सयका कारोवार भइरहेको छ ।
यसैगरी ,चाँदीको मूल्य भने आज बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ ।