सुनको भाउले इतिहास रच्ने क्रमजारी

काठमाण्डु टुडे २०७७ साउन २२ गते १०:५७ मा प्रकाशित

काठमाण्डु , २२ साउन – नेपाली बजारमा आज पनि सुनको भाउले आकाश छोएको छ ।

आज तोलामै ११ सयले बढेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । हिजो बुधबार तोलामा १६ सय बढेको थियो । त्यस्तै ,तेजावी सुनको मूल्य १ लाख २ हजार निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us