आजको अमेरिकी डलरको भाउ यस्तो

काठमाण्डु टुडे २०७७ साउन २२ गते १०:३५ मा प्रकाशित

काठमाण्डु , २२ साउन – आज नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ २१ पैसा रहेको छ ।

युरो एकको खरिददर १४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ९० पैसा र बिक्रीदर १५७ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५३ पैसा र बिक्रीदर २८ रुपैयाँ ६७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ ।

त्यसैगरि, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us