काठमाण्डु , १९ साउन— साताको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.५९ अंकले बढेको छ ।
नेप्सेका अनुसार आज १ अर्ब २९ करोड २५ लाख २ हजार २ सय १३ रुपैयाँको कारोबार भएको छ । आज हाइड्रोपावर, फाइनान्स र म्यूचिअल फण्डबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।
आज सेन्सेटीभ सूचक पनि १।४७ अंकले बढेकोे छ । आज कारोबारका लागी आएका १२ उपसूचक मध्य ९ उपसूचक बढे्का छन् ।
त्यस्तै, आज कारोबारका लागी आएका १९० कम्पनीको ५३ लाख ४२ हजारभन्दा कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
यस्तै हाल कारोबारमा आएका कम्पनिमध्येप्रभु बैंक लिमिटेडले १ लाख २२ हजार शेयर कित्ता खरिद बिक्री हुदाँ ३४ करोड २९ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।