काठमाण्डु, ४ साउन– नयाँ मौद्रिक नीतिलगत्तै शेयर बजारमा उत्साह देखिएका छन् ।
लगानीकर्ता उत्साहित भएका कारण साताको पहिलो दिन आइतबार बजार खेल्ने बित्तिकै सर्किट ब्रेक भएको छ । बजार खुलेको आधा घण्टामा अधिकांश उपसमूहमा किन्ने उपभोक्ताको चाप बढेका कारण शेयर बजार केहीबेरका लागि बन्द भएको हो ।
बजार खुलेको ६ मिनेटमा नै पहिलो सर्किट ब्रेक लागेर २० मिनेटको लागि कारोबार स्थगित भएको थियो । त्यसपछि खुलेको बजार एक मिनेटमै थप १ प्रतिशत बढेपछि दोस्रोपटक सर्किट ब्रेक भएको हो । शेयर कारोबार दोश्रो सर्किटपछि ४० मिनेटका लासगि स्थगित भएको छ ।