सिमेन्ट किन्नुपर्ने छ ? अब घरमै बसेर शिवम सिमेन्ट किन्न सकिन्छ

काठमाण्डु टुडे २०७७ साउन १ गते १४:०० मा प्रकाशित

काठमाण्डु, १ साउन–शिवम् सिमेन्ट्स लिमिटेडले कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै ग्राहकले घरमै बसेर सिमेन्ट खरिद गर्न मिल्ने गरी मोबाइल एप सार्वजनिक गरेको छ ।

महामारीको परिस्थितीमा ग्राहक माझ सिमेन्ट खरिद गर्न ‘शिवम् मोबाइल एप’ सार्वजनिक गरिएको उक्त कम्पनीले जनाएको छ ।
ग्राहकले गुगल प्ले स्टोर तथा आइएसओ एप स्टोर एफफसी शिवम मोबाइल एप (IOS APP Store af6 SHIVAM Mobile APP) डाउनलोड गरी सहज प्रक्रियाका साथ सिमेन्ट खरिद गर्न सकिने कम्पनीले जनाएको छ । नेपाली सिमेन्ट बजारमा एपमार्फत खरिद गर्ने व्यवस्था मिलाउने शिवम पहिलो हो । ग्राहकमले खल्ती, इ–सेवा, कनेक्ट आइपीएस मार्फत खरिद र ढुवानी गर्न सक्ने छन् ।

कोभिड–१९ महामारीले निम्त्याएको विषम परिस्थितिमा सबैको स्वास्थ्य तथा सुरक्षाको निम्ति आवश्यक सामाजिक दुरी कायह होओस् र हरेक किसिमका निर्माण कार्यले पनि निरन्तरता पाओस् भन्ने उद्देश्यका एप सञ्चालनमा ल्याएको शिवमको भनाइ छ ।

यस एपको माध्यमबाट ग्राहकहरुले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ समयमै तोकिएको स्थानमा डेलिभरी दिनेछ । झन्झट रहित सरल अर्डर प्रक्रिया भएको र भुक्तानीका लागि समेत सहज सुविधा भएकाले शिवम् सिमेन्ट खरिद गर्ने एप प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ । शिवमले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धता पनि शिवमले जनाएको छ ।
सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधिमा उक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको स्मरण कम्पनीले गराएको छ ।

उच्च गुणस्तरीयका साथै निरन्तर सेवा र विश्वसनीयताको कारण शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको विश्वास पनि कम्पनीको छ । एनएस आइएसओ प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us