काठमाण्डु, ७ असार–नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँभन्दा माथि पुगेको छ ।
आइतबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो । छापावल सुनको मूल्य ९० हजार ६ सय र तेजाबी सुनको मूल्य ९० हजार तीन सय रुपैयाँ प्रतितोला पुगेको छ । नेपाली बजारमा सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।
यस्तै चाँदीको मूल्य भने प्रतितोला ९ सय ४० मा कारोबार भएको छ ।