नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी श्रेष्ठलाई कोरोना

काठमाण्डु टुडे २०७७ वैशाख २९ गते १५:५९ मा प्रकाशित

काठमाण्डु, २९ वैशाख– नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ ।
वैदेशिक रोजगारीका क्रममा हाल संयुक्त अरब इमिरेट्स (यूएइ) मा रहेका रहेका श्रेष्ठलाई कोरोना संक्रमण भएको हो । नेपालका लागि यूएईका राजदूत कृष्णप्रसाद ढकालले पूर्वराष्ट्रिय खेलाडी श्रेष्ठ संक्रमित भएको पुष्टि गरे ।

श्रेष्ठ आफैंले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै आफू संक्रमित भएको बताएका छन् । उनले आफू आइसोलेसनमा बसिरहेको र अवस्था सामान्य भएको बताए । उनले कोरोनाबाट नआत्तिन सबैलाई अपिलसमेत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us