काठमाण्डुबाट १६ सय जना पक्राउ

काठमाण्डु टुडे २०७७ वैशाख १६ गते २१:३० मा प्रकाशित

काठमाण्डु, १६ वैशाख– प्रहरीले काठमाण्डु उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ६ सय बढीलाई नियन्त्रणमा लिएको छ ।

अत्यावश्यक कामबाहेक लकडाउन उल्लंघन गर्दै घरबाहिर निस्कनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गृह मन्त्रालयले सोमबार मात्र लकडाउन खुकुलो भएको भन्दै कडाई गर्न सबै जिल्ला प्रशसन कार्यालय र प्रहरी मुख्यालयलाई निर्देशन दिएको थियो ।

महानगरीय प्रहरी आयुक्त कार्यालय, रानीपोखरीले मंगलबार लकडाउन उल्लंघन गर्ने १ हजार ६ सय जना कारबाहीमा परेको जनाएको छ । १२ सय ३३ पुरुष र ३ सय ६७ महिलालाई नियन्त्रणमा लिइएको कार्यालयको भनाइ छ ।

उनीहरुलाई तीन घण्टा सडकमै उभ्याएर छाडिएको थियो । यस्तै मंगलबार मात्र उपत्यकाका काठमाण्डु, ललितपुर र भक्तपुरबाट १ हजार ८२ वटा मोटरसाइकल र १ सय ११ वटा गाडी नियन्त्रणमा लिइएको आयुक्त कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us