कोभिड–१९ विरुद्धको खोप मानिसमा लगाउन थालियो

काठमाण्डु टुडे २०७७ वैशाख १२ गते ९:३१ मा प्रकाशित

Test tube with Corona virus name label is seen in this illustration taken on January 29, 2020. REUTERS/Dado Ruvic

काठमाण्डु, १२ वैशाख– विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन सुरु भएको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बिरामीमा यो खोप लगाउन सुरु भएको जनाएको छ । उक्त विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्राध्यापक सारा गिल्बर्ट नेतृत्वको टोलीले तीन महिना लगाएर खोप तयार पारेको हो ।

कोभिड–१९ विरुद्धको खोप मानिसमा लगाउन थालिएको यो पहिलो पटक हो । कोभिड–१९ बाट संसार नै आक्रान्त भएका बेला मानिसमा खोपको परीक्षण भएपछि महामारीविरुद्ध लड्न सकिने आशा जागेको छ ।

बीबीसीले जनाएअनुसार परीक्षणका लागि दुई जनालाई खोप लगाइएको छ । आधा मानिसलाई कोरोना र आधालाई मेनेन्जाइटिसविरुद्धको खोप लगाइने र संक्रमित निको भए परीक्षण सफल भएको मानिने अनुसन्धाताहरुले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us