काठमाण्डु,३चैत–नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य भीम रावलले विद्यावारिधी तहको अध्ययन पूरा गरेका छन् । उनले राजनीतिशास्त्रमा विद्यावारिधी तहको अध्ययन पूरा गरेका हुन् ।
नेपालमा राजनीतिक हिंसा र माओवादी द्धन्द्ध विषयमा थेसिस लेखेका रावलको आज भाइभा सम्पन्न भएको हो । उनको थेसिसलाई त्रिभुवन विश्वविद्यालयको मानविकि संकायको रिसर्च कमिटिले स्वीकारेपछि औपचारिक रुपमा विद्यावारिधीको अध्ययन पूरा भएको हो । रावलको गाइडमा प्राध्यापक डा। मीना वैद्य थिइन् ।