बार्सिलोनाको च्याम्पियन्स लिगको खेल दर्शकको अनुपस्थितिमा हुने

काठमाण्डु टुडे २०७६ फागुन २८ गते १२:२८ मा प्रकाशित

काठमाण्डु,२८फागुन–स्पैन र फ्रान्सका दुई प्रमुख लिग डिभिजनका खेल दर्शकको अनुपस्थितिमा हुने निर्धारण गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमले स्पैनिस ला लिगा र फ्रेञ्च लिग दर्शकको अनुपस्थितिमा खेलाइने निर्धारण गरिएको छ ।

ला लिगाले अर्को दुई चरणको खेल दर्शकको अनुपस्थितिमा हुने जनाएको छ । फ्रेञ्च लिगले भने अप्रिल १५ सम्मको खेलका लागि दर्शकलाइ आउन प्रतिबन्ध लगाएको जनाएको छ । ला लिगाले स्पैनको स्वास्थ्य मन्त्रालयबाट आएको मार्गनिर्देशन बमोजिम अगाडि बढेको उल्लेख गरेको छ ।

फ्रेञ्च सरकारले आइतबारदेखि एक हजारभन्दा बढी सर्वसाधारणको भेला वा उपस्थितिमाथि प्रतिबन्ध लगाएको छ । जर्मनीमा बन्डेस्लिगाको कोलोग्ना विरुद्ध बुधबारका लागि निर्धारित खेल दर्शकको अनुपस्थितिमा नै हुनेछ । त्यसैगरी, प्रमुख नौ खेलमध्ये पाँच खेलमा पनि दर्शकको उपस्थिति रहने छैन् ।

यूनियन बर्लिनको शनिबारका लागि निर्धारित बेयार्न म्युनिक विरुद्धको खेलमा दर्शकको उपस्थिति रहनेछ । तर अर्को तीन खेलबारे अझै निर्णय भइसकेको छैन् ।
जर्मनीका स्वास्थ्य मन्त्री जेन्स स्पानले भने एक हजारभन्दा बढी जमा हुने खेल रद्द गरिने यसअघि नै सचेत गराइसकेका छन ।

बार्सिलोनाको मार्च १८ का लागि निर्धारित नपोली विरुद्धको च्याम्पियन्स लिगको खेल भने नौ क्याम्पमा दर्शकको अनुपस्थितिमै हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us