मशरफे मर्तजाले कप्तानबाट राजिनामा गर्ने

काठमाण्डु टुडे २०७६ फागुन २२ गते १६:२२ मा प्रकाशित

एजेन्सी–मशरफे मर्तजा जिम्बाबवे विरुद्धको तेस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेल कप्तानको रुपमा आफ्नो अन्तिम खेल हुने बताएका छन ।

बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले जिम्बाबवे विरुद्धको श्रृखंलापछि नयाँ कप्तान नियुक्त गर्ने बताएको भोलीपल्टै मर्तजाले आफू कप्तानबाट राजिनामा गर्ने बताएका हुन । यद्दपी आफू खेलाडीको रुपमा रहीरहने उनले प्रष्ट्याए ।

मर्तजाले बङ्गलादेशलाई च्याम्पियन्स ट्रफी २०१७ को सेमीफाइनलसम्म र विश्वकप क्रिकेट २०१५ को क्वार्टरफाइनलसम्म पुर्याएका थिए । २०१४ को नोभेम्बरमा उनलाई अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको कप्तान नियुक्त गरिएको थियो ।

उनी तेस्रोपटक टोलीको कप्तान नियुक्त भएका थिए । त्यसअघि उनी २००९ मा पहिलोपटक बङ्गलादेशको नेतृत्व गर्ने जिम्मेवारी पाएका थिए ।

मर्तजाले ८७ अन्तर्राष्ट्रिय एकदिवसीयमा बङ्गलादेशको नेतृत्व गरेका छन । जसमध्ये ४९ मा हार र ३६ मा जित हात पारेको छ । उनकै नेतृत्वमा बङ्गलादेशले २८ टी ट्वान्टीमध्ये दशमा जितेको छ ।

वेष्टइन्डिज विरुद्ध सन् २००९ मा किंग्स्टनमा मर्तजाले एक मात्र टेष्टको नेतृत्व गर्ने अवसर पाए । जुन बङ्गलादेशले जितेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us