समूह बी बाट इंग्ल्याण्ड र दक्षिण अफ्रिका सेमीफाइनलमा

काठमाण्डु टुडे २०७६ फागुन १८ गते १८:२७ मा प्रकाशित

एजेन्सी–इंग्ल्याण्ड आईसीसी विमन्स टी ट्वान्टी विश्वकपको सेमीफाइनलमा पुगेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा वेष्टइन्डिजमाथि ४६ रनको जित हात पार्दै इंग्ल्याण्ड सेमीफाइनलमा स्थान सुनिश्चित गरेको हो ।

यसअघि समूह बी बाट दक्षिण अफ्रिकाले सेमीफाइनलमा स्थान सुनिश्चित गरिसकेको छ । दक्षिण अफ्रिकाले लिग चरणको एउटा म्याच खेल्न अझै बाँकी नै छ ।
इंग्ल्याण्डले प्रस्तुत गरेको १४४ रनको लक्ष्य पछ्याउँदै वेष्टइन्डिज १७ ओभरमा मात्र ९७ रन जोडन सक्यो । ली एन कर्बीले सर्वाधिक २० रनको योगदान दिए । जुन जितका लागि निकै अपर्याप्त भयो ।

वेष्टइन्डिजले इंग्ल्याण्डमाथि जित हात पारेको भए पाकिस्तान, वेष्टइन्डिज र इंग्ल्याण्डबीच रन रेटको आधारमा सेमीफाइनल पुग्न राष्ट्रको टुंगो लाग्थ्यो । इंग्ल्याण्डले चार खेलबाट छ अङ्क बटुलेको छ । दक्षिण अफ्रिकाले तीन खेलबाट छ अङ्क बटुलेको हो ।
वेष्टइन्डिजलाई सस्तोमै समेटन सोफी एकलेस्टनले सर्वाधिक तीन विकेट लिए । उनले मात्र सात रन खर्चेर तीन विकेट लिए ।

इंग्ल्याण्डले सिड्नीमा टस जितेर ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेटको क्षतिमा १४३ रनको उच्च योगफल तयार गरेको थियो । उसको पारीमा नेटली सिभरले ५७ रनको योगदान दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us