काठमाण्डु, ७फागुन –डिफेन्डिङ च्याम्पियन लिभरपुलले यूरोपीयन च्याम्पियन्स लिगको पहिलो प्रि क्वार्टरफाइनलको पहिलो लिग खेलमा हार बेहोरेको छ ।
अबेर राति सम्पन्न खेलमा एटलेटिको मड्रिडले घरेलु मैदानमा लिभरपुलमाथि १–० को जित हात पारेको हो ।
प्रिमियर लिगको शिर्ष स्थानमा रहेको लिभरपुलको पछ्रिल्लो १५ खेलमा यो दोस्रो हार हो । लिभरपुलले दुई पटक गोल गर्ने उत्कृष्ट अवसर पाएपनि सफल भएन । मोहम्मद सलह र जोर्डन हेण्डरसनले पाएको अवसर गोलमा परिणत गर्न सकेनन् ।
सलहले गरेको हेडर गोलपोष्टभन्दा टाढिएको थियो । हेण्डरसनले गरेको प्रहार पनि गोलपोष्ट भेटन सकेन ।
लिभरपुलका व्यवस्थापक जर्जन क्लपले साडिओ माने र सलहको स्थानमा डिभोक ओरिजी र एलेक्स अक्सलेड चाम्बरलैनलाई रङगशालामा उतारेको भएपनि नतिजामा कुनै प्रभाव परेन ।
दुईपटक फाइनलमा पुगेको एटलेटिको कमजोर लयबाट मुक्ति पाउँदै चौथो मिनेटमा महत्वपूर्ण अग्रता लियो । स्पैनिस मीडफिल्डर सौलले फबिन्होको कर्नरलाई उत्कृष्ट प्रहार गर्दै गोलको दिशा दिए ।