नेप्सेमा सुधार

काठमाण्डु टुडे २०७६ पुष २१ गते १५:३८ मा प्रकाशित

काठमाण्डु , २१ पुस- नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से)का अनुसार आज १८ दशमलव २६ अंकले नेप्से परिसूचक बढेको हो ।
१ दशमलव ५४ प्रतिशतले बढ्दा परिसूचक १२०० दशमलव ६९ बिन्दुमा पुगेको छ । आज १७८ कम्पनीका २६ लाख ८३ हजार ६ सय १० कित्ता शेयर किनबेच हुँदा ८४ करोड २५ लाख ८२ हजार १५० रुपियाँ बराबरको कारोबार भएको छ ।
शेयर बजारमा ट्रेडिङ समूह १२ दशमलव २६ अंकले घटेको हो । त्यसैगरी बैंकिङ समूह २५ दशमलव ८६, होटल समूह २ दशमलव ९८, विकास बैंक समूह १३ दशमलव १७, जलविद्युत समूह (दशमलव १४, वित्त समूह १ दशमलव ४९, निर्जीवन बीमा समूह) दशमलव ७९, उत्पादनमूलक समूह ४ दशमलव ४५, अन्य समूह ३ दशमलव ५६, लघुवित्त समूह ३३ दशमलव ९८, जीवन बीमा समूह १२ दशमलव १३ र म्युचुअल फण्ड  दशमलव १५ प्रतिशतले बढेका छन् ।
बजार बढेको दिन आज वोमी लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले सबैभन्दा धेरै ९ दशमलव ९३ प्रतिशतले नाफा कमाएका छन् भने नेको इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले सबैभन्दा धेरै ४ दशमलव ९४ प्रतिशत घाटा व्यहोरेका छन् । बोमीले आजै मात्र २६ प्रतिशत लाभांश घोषणा गरेको थियो भने नेकोले ८ दशमलव ४२ प्रतिशत लाभांस घोषणा गरेको थियो । आज सबैभन्दा धेरै एनआईसी एशिया बैंकको ८ करोड ४६ लाख ५ हजार २ सय १५ रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us