नेप्सेमा गिरावट

काठमाण्डु टुडे २०७६ पुष १७ गते १६:०४ मा प्रकाशित

काठमाण्डु ,१७ पुस- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज पनि ओरालो लागेको छ ।

नेप्से परिसुचक तीन दशमलव २९ अंकले घटेर एक हजार १६६ दशमलव २१ कायम भयो भने कारोबार रकम ५३ करोड २२ लाख रुपियाँ बराबरमा सीमित भयो । आज धेरै कारोबार गर्नेमा शिवम् सिमेन्टस रहेको छ ।

जसको कारोबार नौ करोड २१ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । जसको कारोबार तीन करोड ११ लाख रुपियाँ बराबरको भएको छ ।
त्यस्तै, आज उत्पादन मूलक समूहको सूचक एक प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने होटल समूहको सूचक तीन प्रतिशतभन्दा धेरले ओरालो लागेको छ ।
त्यसैगरी, माइक्रो फाइनान्स र हाइड्रोपावर समूहका सूचक शून्य प्रतिशतभन्दा धेरैले उकालो लागेका छन । आज बाँकी रहेका अधिकाशं समूहका सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट जारी छ ।
त्यस्तै, आज धेरै फाइदा खानेमा जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनी आठ दशमलव ३३ प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा हाइड्रो इलेक्टृसिटी इन्भेष्टमेन्टका लगानीकर्ता रहेका छन् । कम्पनी सात दशमलव ५८ प्रतिशतले घाटामा गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us