
काठमाण्डु , २ असोज –भक्तपुर नापी कार्यालय नापी सर्वेक्षक सिद्धराज जोशी १० हजार घुससहित पक्राउ परेका छन् ।
जग्गा हालसाविक गर्न नापी कार्यालयबाट तोक आदेश भइ फिल्ड नाप जाँच गर्ने क्रममा फिल्ड खर्चवापत भनेर लिएको १० हजार रुपैयाँ घुससहित भक्तपुर नगरपालिका–९ स्थित लुम्बिनी तन्दुरी एण्ड भोजनालयबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।सेवाग्राहीको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले जोशीलाई घुससहित पक्राउ गरेको हो ।
घुससहित पक्राउ परेका जोशीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।