फेरि लाग्यो वडा कार्यलयमा आगजनी

काठमाण्डु टुडे २०७६ असोज २ गते ११:५६ मा प्रकाशित

धनगडी , २ असोज—धनगडी उपनगरपालिका वडा नं. ८ को वडा कार्यलयमा बुधबार राती १० बजे अज्ञात समुहले आगजनी गरको छ ।
झ्यालको सिसा फुटाएर पेट्रोलको बोटल कार्यलय भित्र फाली आगजनी गरेको वडाध्यक्ष नारायण बरालले बताए । आगजनीबाट कार्यलयका क्षति भएको छ , भने घटनाको जिम्मेवारी अहिले सम्म कसैले लिएको छैन ।
घटना सम्बन्धि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us