
काठमाण्डु,२असोज–सुनको भाउ बिहीबार तोलामा ६ सय रुपैयाँ घटेको छ ।
सुन बिहीबार तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार स्थिर रहँदै सुनको भाउ तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो । यस्तै, चाँदी सोमबार तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।