प्रधानमन्त्रीले आज संसदका दुवै सदनलाई सम्बोधन गर्ने

काठमाण्डु टुडे २०७६ असोज २ गते ११:१० मा प्रकाशित


काठमाण्डु,२असोज–प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदका दुवै सदनलाई मा सम्बोधन गर्ने भएका छन् ।
संघीय संसदका दुवै सदनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनका स्वकीय सचिवालयले जनाएको छ ।
सांसदहरुले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिनुका साथै संविधान कार्यान्वयनको सवालमा सबै दलहरुलाई आग्रह गर्ने सचिवालय स्रोतले जनाएको छ । आज दिउँसो साढे २ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । त्यसपछि राष्ट्रिय सभाको बैठक बस्नेछ । यी दुवै बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us