घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको भाउ

काठमाण्डु टुडे २०७६ भदौ २४ गते १२:३१ मा प्रकाशित

काठमाण्डु , २४ भदौ —नेपाल आयल निगमले पेट्रोल ,डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य घटाउने भएको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य घटाउने निर्णय गरेको निगम श्रोतले बताए । मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय ५ रुपैयाँ ५० पैसा हुने भएको छ भने, डिजेल र मट्टितेल ९४ रुपैयाँ ५० पैसा प्रतिलिटर रहेको हुने भएको छ ।

उक्त मूल्य मंगलबार मध्यरातिदेखि लागू हुने बताएको छ । यसअघि डिजेल र मट्टितेलको भाउ ९६ रुपैयाँ ५० पैसा प्रति लिटर रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us