घट्यो अमरिकी डलर

काठमाण्डु टुडे २०७६ भदौ २४ गते १२:२४ मा प्रकाशित

काठमाण्डु , २४ भदौ – मंगलबार कतारी रियाल बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ ।

मंगलबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ १३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०३ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०६ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा पुगेको छ । हिजो पनि साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा नै थियो । यस्तै आज कतारी रियालको भाउ भने केही बढेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा थियो ।

आज ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ६० पैसा छ । सोमबार ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ६८ पैसा थियो ।यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३७ पैसा बिक्रीदर २७ रुपैयाँ ५२ पैसा पुगेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ३८ पैसा बिक्रीदर २७ रुपैयाँ ५२ पैसा नै थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा पुगेको छ । हिजो पनि कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा नै रहेको थियो ।

आज कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५७ पैसा पुगेको छ । हिजो खरिददर ३७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ६१ पैसा थियो ।यस्तै बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ०७ पैसा पुगेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ५३ पैसार र बिक्रीदर ३०५ रुपैयाँ १२ पैसा थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us