डिशहोमको फन्ड ट्रान्सफर वाट रिचार्ज गरि खुसीवर्ष भरि योजना सार्वजनिक

काठमाण्डु टुडे २०७६ भदौ २३ गते १६:२९ मा प्रकाशित

काठमाण्डु , २३ भदौ —नेपालको एक मात्र डि.टि.एच सेवाप्रदायक डिशहोमले आफ्नो स्थापनाकाल देखीनै पे टिभी इन्डष्ट्रिमा ग्राहकहरु लाई गुणस्तरिय र भरपर्दाे सेवाप्रदान गर्दै आएको छ । डिशहोमले नेपालमा संचालित पे टिभी सेवा संचालकहरुमध्य सवै भन्दा उत्कृष्ट पिक्चर क्वालिटी र गुणस्तरिय सेवा प्रदान गरिरहेको छ ।

डिशहोमले ग्राहकहरुको सेवा सुविधाका लागी विभिन्न समयमा प्रदान गर्ने विभिन्न अफरहरु जस्तै यसपालि डिशहोम फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र बार्षिक रिचार्ज गर्दा भारि छुट सहितको विभिन्नप्याकेजहरु सार्वजनिक गरेको छ । अनलाईन मार्फत सजिलै विनाकुनै झन्झट ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र १२ महिनाको लागी रिचार्ज गर्न सकिन्छ ।

फण्ड ट्रान्सफर सेवामार्फत एकमुष्ठ रिचार्ज गर्दा ग्राहकहरु लाई महिनै पिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झट वाट मुक्ति मिल्छ भने वार्षिक रिचार्ज गर्दा भारी छुट पनि प्राप्त गर्न सकिन्छ । साथमा फण्ड ट्रान्सफर सेवामार्फत रिचार्ज गर्दा विभिन्न एड अन प्याकेज पनि छानी छानी लिन सकिन्छ जुन सुविधा रिचार्ज कार्ड वाअन्य सेवा प्रदायक मार्फत रिचार्ज गर्दा प्राप्त हुने छैन । ३ महिनोको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागी आफुलाई मन परेको कुनै एक एड अन प्याकेज छानी छानीलिन सकिन्छ ।

बार्षिक रिचार्ज गर्दा पहिले ४२०० मा हेरिरहनुभएको बेसिकप्याकेज ३६०० मै हेर्न सकिन्छ । यस्तै मिडियम प्याकेज ४८०० को सट्टा ४२००, वेसिकप्लस ५१०० को सट्टा ४५००, मिडियम प्लस ५७०० को सट्टा ४९९८, सुपर एचडी ६००० को सट्टा ४९९९, प्रिमियम एचडी ७२०० को सट्टा ५७९९ र लाईफस्टाईल एचडी १०८०० को सट्टा ८४०० मै उपलब्धहुनेछ । फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपाल भर रहेका आधिकारीक बिक्रेता, डिलर र सव डिलरकोमा उपलव्ध छ । फण्ड ट्रान्सफर सेवा, अफर अन्तरगतकाप्याकेज र एड अन प्याकेजको वारेमाविस्तृत जानकारी डिशहोमको आधिकारीक विक्रेतावाग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

नेपाल भर सम्पुर्ण महानगरपालिका, नगरपालिका र गाउँपालिकामाबिक्री संजाल, नेपाल भर २४ घण्टा भित्र(भौगोलिक बिकटता हेरी हाम्रा प्राविधिक वा प्रतिनिधि पुग्न लाग्ने समय बाहेक)मर्मत तथाबिक्री पछिको सेवा प्रदान गर्न सक्षम, हप्ताको सातै दिनचौबिसै घण्टा ग्राहक सेवा केन्द्र संचालन, डिशहोमको सेट टप वक्समा लाईफ टाईम वारेन्टी, मोवाइलएप, ग्राहकको सुविधाको लागीग्राहक सेवा प्रतिनिधी संग कुरा नगरि डिशहोमको सुविधालिन सकिने आईभिआर सेवा, एस एम एस सेवा, आफ्नो आवश्यकताअनुसार छानी छानी लिनमिल्ने विभिन्न Hd  तथा Sd, प्याकेज नेपालि चलचित्रमा प्रसारण हुने प्लस मुभिलगाएत अरु आफ्नै च्यानल समेटिएको प्लस प्याकेज, नयाँ नेपालिचलचित्रआफुले चाहेको समयमाहेर्न सकिने पे पर भ्यू सेवालगाएतका सेवा सुविधा प्रदान गरिरहेको डिशहोम नेपालकै उत्कृष्ट टेलिभिजन सेवाप्रदायक हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us