नेप्सेमा १० अंकले गिरावट!

काठमाण्डु टुडे २०७६ भदौ २३ गते १५:१५ मा प्रकाशित

काठमाण्डु,२३भदौ–आज सोमबार पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक करिब १० अंकले घटेको छ ।
आज नेप्से परिसूचक ९.५४ अंकले घटेर ११६८.९१ बिन्दूमा झरेको छ । कुल १७३ कम्पनीको १४ लाख २८ हजारभन्दा बढी कित्ता शेयर २९ करोड ५३ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको नेप्सेले जनाएको छ । सोमबार समग्र परिसूचकमा गिरावट आए पनि आँधीखोला लघुवित्त र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us