काठमाण्डु , २३ भदौ — आज सोमबार सुनको मुल्य बढेर ७१ हजार ७ सय रुपैंया भएको छ ।
आइतबार तोलामा ७१ हजार ५ सयमा कारोबार भएको छापावाल सुन सोमबार रु २ सयले बढेर ७१ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाही महासंघले बताएको हो ।
यस्तै तेजावी सुन ७१ हजार ४०० मा कारोबार भइरहेको छ।
यस्तै चाँदी आइतबारको तुलनामा रु ५ घटेर तोलामा ८८० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।