सुनको मूल्य घट्यो

काठमाण्डु टुडे २०७६ भदौ १९ गते १२:२१ मा प्रकाशित

काठमाण्डु,१९भदौ– सुनको मूल्यमा आज सुनको मूल्यमा भने सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु १०० ले घटेको छ ।
नेपाली बजारमा छापावाला सुनको मूल्य आज रु ७३ हजार ४०० कायम भएको महासङ्घले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ७३ हजार ५०० मा कारोवार भएको थियो ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार १०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । बुधबार तेजाबी सुन रु ७३ हजार २०० मा कारोवार भएको थियो ।
सुनको मूल्य सामान्य घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ । स्थानीय बजारमा आज चाँदीको मूल्य प्रतितोला रु ९४० मा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us