काठमाण्डु,१८भदौ–आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यस दिन नेप्से ३. ८७ अंकले बढेर ११९४ बिन्दूमा पुगेको छ । कारोबार शुरु भएको केही समयमा ओरालो लागेको भए पनि अन्त्यमा परिसूचक बढेको हो ।
कुल १६८ कम्पनीको १४ लाखभन्दा कित्ता शेयर ४३ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका वित्त, उत्पादन र अन्य समूह बाहेक सबै समूह बढेका छन् । लगातार दुई दिन दोहोरो अंकको गिरावट आएको नेप्सेमा मंगलबारदेखि सुधार हुँदै गएको छ । मंगलबार करिब २१ अंकले परिसूचक बढेको थियो ।